तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जना गम्भीर घाइते

लोकपथ
644
Shares

काठमाडौं । धनुषाको कमला नगरपालिका–२ स्थित खोक्साहा पुल नजिक बिहीबार राति तीन जना सवार नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक किशोर गम्भीर घाइते भएका छन् ।

तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीको छ । 

मृत्यु हुनेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन् । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरू कमला नगरपालिका–३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका जाँदै गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?