वाम गठबन्धन : निर्वाचनलगत्तै पार्टी एकता

 काठमाडौँ, २१ कात्तिक – विगत छ दशकदेखिको विभाजित कम्युनिस्ट आन्दोलनलाई निर्वाचनलगत्तै एकीकृत गर्ने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संकल्प गरेका छन् आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रित गरेर आज सार्वजनिक गरिएको घोषणापत्रमा नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने प्रतिबद्धता जनाइएको हो घोषणापत्रमा भनिएको छ, “जतिसक्यो छिटो ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गरी विधिवत् एकीकृत पार्टी निर्माण गरिनेछ ।”घोषणापत्रमा एकीकरणको काम पूरा नहुँदासम्म दुवै पार्टीका सबै कमिटी र जनसंगठन यथावत्रूपमा सञ्चालनमा रहने उल्लेख गरिएको छ । घोषणापत्रमा मुलुकका निर्णायक शक्तिका रूपमा रहेका कम्युनिष्ट पार्टीबीचको तालमेल र पार्टी एकतालाई बदलिँदो परिस्थितिमा ऐतिहासिक आवश्यकता भनिएको छ एमाले र माओवादी केन्द्रले असोज १७ गते एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने घोषणा गरेका थिए । उक्त घोषणा कार्यान्वयनको पहिलो कदमका रूपमा राष्ट्रव्यापी तालमेल र वाम गठबन्धन निर्माण गर्दै निर्वाचनमा होमिएको साझा घोषणापत्रमा भनिएको छ वाम तालमेल र एकताको घोषणपछि मुलुकभित्र तथा बाहिर तरंग सिर्जना भएको उल्लेख गर्दै साझा घोषणापत्रमा कम्युनिस्टको फुटबाट फाइदा उठाउँदै राष्ट्र र जनतामाथि शासन गर्नेको ऐस र आरामको स्वर्णयुग समाप्त हुने भयले विक्षिप्त भएर कम्युनिस्ट अधिनायकवादको हौवा पिटाइएको भनिएको छ घोषणापत्रमा भनिएको छ, “दुई कम्युनिस्ट पार्टीको यो एकता नेपालको संविधानको धारा २६९ को उपधारा १ मा उल्लिखित ‘समान राजनीतिक विचाराधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले’ राजनीतिक पार्टी निर्माण र सञ्चालन गर्न पाउने संवैधानिक प्रावधानअनुरूप छ ।”एकता प्रयत्न विसं २००७ देखिको भएको उल्लेख गर्दै दुवै पार्टीले एकताको पहल नेपालका आम न्यायपे्रमी, प्रगतिशील र देशभक्त जनताको सम्मानको परिचायकका रुपमा चित्रित गरेको छ । दुई पार्टीपछि मुलुकका जनतामा रहेको गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै जाने विश्वास व्यक्त गरिएको छ । एकता राष्ट्र पुनःनिर्माण गर्ने संकल्पको द्योतक भएको उल्लेख गर्दै सबै कम्युनिस्टका अतिरिक्त सबै वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादीलाई एकताका लागि घोषणा पत्रमा आह्वान गरिएको छ राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डता जोखिममा रहने स्थिति सदाका लागि अन्त्य गरिने भन्दै मुलुकको समृद्धिका लागि नेतृत्व क्षमता एकताबद्ध भइरहेका दुई कम्युनिस्ट पार्टीसँग मात्र घोषणापत्रमा उल्लेख छ नेपालको संविधानले सामाजिक–आर्थिक रूपान्तरणसहित समाजवादउन्मुख व्यवस्थातर्फ मार्गनिर्देश गरेको भन्दै संविधानको मार्गनिर्देशबमोजिम अगाडि बढ्न दुई पार्टी प्रतिबद्ध छ, भनिएको छ प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली र लोकतान्त्रिक मूल्यमान्यता नेपाली समाजवादका विशेषताका रूपमा रहने उल्लेख गर्दैै घोषणापत्रले समाजवादमा राष्ट्रिय पूँजीको संरक्षण, विकास र परिचालन गरिने बताइएको छ जनताको समर्थन प्राप्त हुँदा राज्यको नेतृत्व गर्ने, समर्थन प्राप्त भएन भने प्रतिपक्षमा रहने, तर संविधानसम्मत समाजवादउन्मुख प्रणालीलाई भत्काएर राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने प्रयासलाई भने सफल हुन नदिने प्रतिबद्धता साझा घोषणापत्रमा छ कानूनी जटिलता र भावनात्मक पक्षलाई ध्यान दिनुपरेकाले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा एउटै चुनाव चिह्न लिएर जनताबीच जान नसकिएको पनि घोषणा पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?