जेनजी युवामाथि गोली प्रहार गर्नेमाथि निर्मम कारबाही हुन्छ : प्रधानमन्त्री कार्की

लोकपथ
1.6k
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत २३ र २४ भदौको जेनजी आन्दोलनको क्रममा गोली हानी युवाहरुको हत्या गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

उनले आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी मृत्यु भएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि बताइन् । उनले घाइतेहरुको निःशुल्क उपचार भइरहेको पनि बताइन् ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

उनले भनिन्, ‘आन्दोलनको क्रममा गोली हानेर युवाहरुको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

जेनजी आन्दोलनको क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ । सयौँ घाइतेहरु अझै उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?