काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले समेत मतदान गर्न पाउनेगरी व्यवस्था गर्न छलफल भइरहेको बताएकी छन् ।
आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् ।
कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।
कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै रोजगारीको शिलशिलामा देश बाहिर रहेका नेपाली नागरिकहरुलाई समेत मतदानको अधिकार सुनिश्चित गर्न आफूले निर्वाचन आयोगसँग छलफल गरिरहेको बताइन् ।
‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण एवं गैर नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले सम्बोधनको क्रममा बताइन् ।
प्रधानमन्त्री कार्कीले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरुलाई मतदानमा भाग लिन पाउनेगरी व्यवस्था गरिएको बताइन् । साथै सरकार निर्वाचनको तयारीबारे छलफलमा रहेको बताउँदै सबै नेपालीहरुलाई मतदानमा सहभागि हुन समेत आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया