काठमाडौं । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता दिव्यमणिराज भण्डारीले भौतिक संरचना पुनर्निर्माणका लागि सरकारलाई ५१ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
भण्डारीले आज प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ५१ लाख रुपैयाँ भौतिक संरचना पुनर्निर्माण कोषमा जम्मा गराएका हुन् ।
भण्डारीको एनएमबी बैंकको खाताबाट पैसा जम्मा गरिएको हो ।
त्यसो त यसअघि नै भण्डारीले सामाजिक सञ्जालमा लेख्दै आफूले सरकारलाई ५१ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । आज सिंहदरबारमा भेटेर प्रधानमन्त्री कार्कीलाई सो रकम बुझाएका हुन् ।
सरकारले जेनजी आन्दोलनपछि ध्वस्त भएको संरचना पुनर्निर्माणका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया