काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.३५ अंक घटेर २६५२ अंकमा पुगेको छ। सोही क्रममा कारोबार रकम पनि घटेर ३ अर्ब २६ करोडमा सीमित भएको छ, अघिल्लो दिनको ४ अर्ब १२ करोडको कारोबारभन्दा कम भएको हो ।
आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.१२ प्रतिशत, लगानी ०.२१ प्रतिशत र व्यापार समूह १.३६ प्रतिशत बढे । तर, विकास बैंक ०.४४ प्रतिशत, फाइनान्स ०.५० प्रतिशत, होटल तथा पर्यटन १.४९ प्रतिशत, हाइड्रोपावर ०.०४ प्रतिशत, जीवन बीमा ०.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६ प्रतिशत, माइक्रोफाइनान्स ०.०९ प्रतिशत, निर्जीवन बीमा ०.३९ प्रतिशत र अन्य ०.४९ प्रतिशत घटेका छन् ।
व्यक्तिगत कम्पनीमा हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा बढी १० प्रतिशत बढेको छ। कालिका पावर ६.७२ प्रतिशत र गुराँस लघुवित्त ६.२९ प्रतिशत मूल्य वृद्धिमा रहेका छन् । त्यसैगरी, सिटी होटलको मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशत घटेको छ । नारायणी डेभलपमेन्ट बैंक ५.८५ प्रतिशत र समता घरेलु लघुवित्त ४.७४ प्रतिशत घटेका छन् ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर र लुम्बिनी विकास बैंक क्रमशः रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया