योगेश भट्टराईले उठाए पार्टी पुनर्गठनको एजेन्डा, भने– ‘आत्मभर्त्सना बन्द गरौँ, आत्मसमीक्षा डटेर गरौँ’

लोकपथ
224
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन गरी पार्टी पुनर्गठनमा जोड दिएका छन् । उनले ‘आत्मभर्त्सना बन्द गरौँ, आत्मसमीक्षा डटेर गरौँ’ भन्दै पार्टी पुनर्गठन अभियानमा साथ दिन पनि अपिल गरेका छन् ।

आज बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले भनेका छन्, ‘इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ । त्यही स्वीकारोक्तिसहितको अभियानका लागि अपिल समेत गर्दछु ।’

उनले संकटका बेला आन्दोलन र पार्टी पुनर्गठन भएका थुप्रै उदाहरण रहेको उल्लेख गर्दै १९ माघको घटनापछि एमालेकै पुनर्गठन भएकोसमेत स्मरण गरेका छन् । 

उनले भनेका छन्, ‘१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नाटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसरता लिएर पार्टी पुनर्गठनको बहस चलायो, अन्ततः नेकपा एमालेको नवौँ महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार गर्‍यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्‍यो । पार्टी बच्यो, आन्दोलन सफल भयो ।’

उनले पार्टी पुनर्गठनले नेतृत्वको समेत सम्मान भएको प्रसंग पनि सम्झेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?