२०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्‍याउने सरकारको लक्ष्य

लोकपथ
77
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले सन् २०२७ सम्ममा सबै नेपालीलाई विपद्जन्य पूर्व सूचना पुर्‍याउने लक्ष्य रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महानिर्देशक जोशीले विभागले दैनिक रूपमा जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना दिने कार्य गर्दै आएको जानकारी दिए । उनले विभाग, विश्व मौसम संगठन र कार्डबिच २०२७ सम्म सबै नेपालीलाई विपद्जन्य पूर्व सूचना पुर्‍याउने उद्देश्यका लागि सहकार्य भएको पनि बताए ।

महानिर्देशक जोशीले भने, ‘विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना दिने हाम्रो दैनिक कार्यक्रम हो । विश्व मौसम संगठनको सदस्य राष्ट्र भएको नाताले विपद्जन्य सूचना सबैसम्म पुग्नुपर्छ । २०२७ सम्मको लक्ष्य ‘अर्ली वार्निङ फर अल’ अन्तर्गत काम भइरहेको छ ।’

उनले विभागको प्राविधिक भनाइ र जनतासम्म पुग्ने सूचनामा फरक हुँदा प्रश्न उठ्ने गरेको गुनासोसमेत व्यक्त गरे । साथै, उनले आगामी एक हप्ता नेपालमा मनसुन सक्रिय रहने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?