बिहान सञ्चालनमा आएको पृथ्वी राजमार्ग पुनः अवरुद्ध 

लोकपथ
1.9k
Shares

काठमाडौं । पहिरोका कारण पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा गएको पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको हो । पहिरोका कारण सडकमा ठूलो परिमाणमा माटो र ढुंगा खसेको छ । जसका कारण सवारी आवागमन दुवैतर्फ रोकिएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले यातायात आवागमनका लागि पहिरो हटाउने काम भइरहेको जानकारी दिए ।

बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा यसअघि (सोमबार राति) सुक्खा पहिरो खस्दा १७ घण्टा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । बुधबार बेलुका झरेको पहिरो आज बिहान पन्छाएर सडक सञ्चालन गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?