काठमाडौं । चन्द्रागिरिमा एक जना वृद्धाको हत्या भएको छ । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित खहरे थापागाउँमा ६८ वर्षीया पवित्रा केसीको हत्या भएको हो ।
प्रहरीका अनुसार सोही गाउँका ३२ वर्षीय सरोज थापा पक्राउ परेका हुन् ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा केसीलाई दाउराको चिर्पटले टाउकामा प्रहार गरी हत्या गरिएको जनाएको छ । हत्याको कारण खुलेको छैन ।
मृतकको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया