आज कति छ सुनको मूल्य ?

लोकपथ
770
Shares

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

बुधबारको तुलनामा छापावाल सुन तोलामा १ हजार ७ सय रुपैयाँले घट्दै २ लाख २१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ७ सय रुपैयाँ रहेको चाँदी बिहीबार घटेर तोलामा २ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?