काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (बिहीबार) बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने भएको छ।
यसअघि बुधबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
बैठकमा प्रस्ताव र विशेष महाधिवेशनसम्बन्धी छलफल हुने भएको छ। त्यस्तै फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन र जनसम्बन्धका विषयमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम पनि आजको बैठकको एजेन्डामा समावेश गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया