के सहजै नेतृत्व हस्तान्तरण गर्न तयार छन् प्रचण्ड ?

लोकपथ
623
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकपछि उनले यस्तो बताएका हुन् ।

नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उनको भनाइ छ । आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा हल हुने उनको दाबी छ । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरुले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो ।

प्रधानमन्त्री भइसकेको र पार्टीका नेतृत्वमा बारम्बार रहेको नेताहरुले नेतृत्व छोड्नुपर्ने माग राखेर दबाब दिएपछि माओवादीसहितका राजनीतिक दलका नेताहरुमाथि नेतृत्व परिवर्तनका लागि नेतृत्व छोड्नुपर्ने दबाब पार्टीभित्रैबाट आइरहेको छ ।

नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘त्यो पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।’

केन्द्रीय कमिटीको एजेण्डा तय गर्न बुधवार माओवादीको स्थायी कमिटी बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?