काठमाडौं । जेनजी आन्दोलनको क्रममा देशभरका कारागार र सुधारगृहबाट भागेका ६ हजार ८१३ कैदीबन्दी अझै फरार छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, कारागारबाट ६ हजार १९१ र सुधारगृहबाट ६२२ कैदीबन्दी फरार रहेका छन् ।
२४ भदौको आन्दोलनको क्रममा २८ वटा कारागार र ९ वटा सुधारगृहबाट जम्मा १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए । त्यस समयमा देशभर ३० हजार ६४१ कैदीबन्दी थिए । बुधबार दिउँसो १२ बजेसम्म ७ हजार ७३५ कैदीबन्दी फिर्ता आएका छन् ।
आन्दोलनका क्रममा केही कैदीबन्दी आफैँ फिर्ता भएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया