मधेश प्रदेशमा भाँडभैलो : सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

लोकपथ
98
Shares

काठमाडौं । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ ।

जनकपुरमा आज बिहान बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समर्थन फिर्ता लिएसँगै कांग्रेसले औपचारिकरुपमा आजै सरकारबाट बाहिरिने निर्णय गरेको कांग्रेस संसदीय दलले पुष्टि गरेको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले बैठकबाट मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

जेनजी आन्दोलनपछि भदौ २४ गते सामाजिक सञ्जालबाट मुख्यमन्त्री शतीसकुमार सिंहले राजीनामाको घोषणा गरेसँगै अहिले मधेश प्रदेशमा रडाको मच्चिएको छ । उनले राजीनामा दिए पनि माहोल शान्त भएपछि पदबाट हट्न नखोजेपछि प्रदेश सभा सदस्यहरुले विरोध जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?