काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा डा. भट्टराईले राजीनामा दिएका हुन् ।
त्यस्तै बैठकले वर्तमान केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने तयारी समेत गरेको छ ।
त्यसका साथै आजकै बैठकले महाधिवेशन आयोजक समिति समेत गठन गरिएको छ ।
आयोजक कमिटीको संयोजकमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने निर्णय भएको समेत बताइएको छ ।
जेनजी आन्दोलनपछि पार्टी पुनर्गठन र युवाहरुको प्रतिनिधित्वका लागि डा. भट्टराईले अध्यक्ष पद छाडेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया