तुइन खोलाको पहिरोले पोखरा-काठमाडौं सडकमा बढ्यो जाम

लोकपथ
399
Shares

गण्डकी । मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले पोखरा–काठमाडौं सडकखण्डमा पनि असर पारेको छ । पहिरोका कारण मुग्लिन क्षेत्रमा सवारीसाधनको अत्यधिक चाप बढ्दा यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था आएको छ ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईका अनुसार, मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरिएको छ र पहिरो पन्छाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा पश्चिमी क्षेत्रतर्फ जाने सवारीसाधन पोखरा हुँदै आवतजावत गर्न बाध्य भएको छ ।

दसैँको टीकाको दिन नजिकिँदै गर्दा ठूलो संख्यामा यात्रुहरू आवतजावत गर्ने भए पनि सडक अवरुद्ध भएकोले यातायातमा कठिनाइ बढेको साईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?