मलद्वारमा लुकाएर ल्याइएको झन्डै १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

लोकपथ
784
Shares

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार करिब एक किलो सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएका थिए ।

मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ परेका उनको साथबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ ।

शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्स-रे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको सुन फेला परेको प्रहरीको भनाइ छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?