काठमाडौं । बुधबार शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ अंकमा झरेको हो । दिनभर उतारचढाव देखिए पनि अन्ततः बजार तलतिरै गयो ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार ५ अर्ब २९ करोडको कारोबार भए पनि बुधबार ४ अर्ब १२ करोडमै सीमित रह्यो । विश्लेषकका अनुसार दशैं नजिकिँदै गर्दा विक्रेताले तत्काल रकम नपाउने भएकाले बेच्ने मनसाय कम देखिएको छ भने, खरिदकर्ताले पनि चाडपर्व खर्चका कारण सक्रियता देखाउन सकेनन् ।
आज ५३ कम्पनीको मूल्य बढ्दा १९३ कम्पनी घटेका छन् भने ५ कम्पनी स्थिर रहे । होटल तथा पर्यटन समूह मात्र ०.८५ प्रतिशतले बढ्दा बाँकी सबै समूहमा गिरावट आयो । अन्य समूह सबैभन्दा धेरै २.१६ प्रतिशतले घट्यो । बैंकिङ, विकास बैंक, हाइड्रोपावर, बीमा, व्यापारलगायतका सूचक पनि ओरालो लागे ।
मूल्य बढ्ने कम्पनीमा माथिल्लो मैलुङखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनी परे, जसको मूल्य १० प्रतिशतले बढ्यो । उन्नति सहकार्य लघुवित्त, राप्ती हाइड्रो, बुटवल पावर र कर्पोरेट डेभलपमेन्ट बैंक भने आज सबैभन्दा बढी घट्ने कम्पनी बने ।
यस्तै, कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र शिवम् सिमेन्ट अग्रस्थानमा रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया