चाडपर्व लक्षित अनुगमन तीव्र पार्दै खाद्य प्रविधि तथा गुण निणन्त्रण विभाग

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ–तिहार नजिकिँदै गर्दा बजारमा अखाद्य वस्तुहरूको बढ्दो उपस्थिति र गुनासोका कारण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन तीव्र बनाएको छ ।

विभागकी महानिर्देशक डा.मतिना जोशी (वैद्य) का अनुसार, अनुगमन राजमार्गका होटल, रेस्टुरेन्ट र बजारमा सात वटा प्रदेश तथा जिल्ला स्तरीय डिभिजन कार्यालयमार्फत भइरहेको छ। अनुगमन अन्तर्गत निर्देशन दिनेदेखि जरिवानासम्मको कारबाही भइरहेको उनले बताइन् ।

जोशीका अनुसार, प्रशोधित पानीका जार, दुग्धजन्य पदार्थ, पकाएको खाना, तेल र अन्य खाद्य वस्तुमा मापदण्ड उल्लंघनका समस्या भेटिएका छन्। केही रेस्टुरेन्ट र होटलले मापदण्ड पूरा नगरेको, दुधमा मिसावट भएको र रङको अत्यधिक प्रयोग भएको पाइएको छ।

महानिर्देशक जोशीले भनिन्, ‘बजारमा उपभोक्ताले अस्वीकृत गर्न सके समस्या घट्छ। तर केही स्थानमा तेल पुनः प्रयोग र सरसफाइको कमीका कारण खाद्य वस्तुको गुणस्तर प्रभावित भइरहेको छ ।’

उनकाअनुसार, संघीय प्रणाली लागू भएपछि तल्लो तहसम्म अनुगमन गर्न सकिने भएकाले खाद्य स्वच्छता कायम हुने अपेक्षा गरिएको छ । गुणस्तर ऐन, २०८१ अनुसार सम्पूर्ण खाद्य श्रृंखलामा स्वच्छता अनिवार्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?