एनआईसी एशिया बैंकका ग्राहकले लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट पाउने

लोकपथ
189
Shares

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिनेबारे रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको हो ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?