मतदाता नामावली ऐन संशोधन गर्न राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी

लोकपथ
3.4k
Shares

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् । 

उनले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश आज बुधबार जारी गरेका हुन् । 

यससँगै आयोगलाई फागुन २१ गतेको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।  अहिले संसद् नभएकाले अन्तरिम सरकारले अध्यादेशकै आधारमा कामकारबाही अघि बढाउनुपर्ने बाध्यता छ । सोहीअनुसार अन्तरिम सरकारले पहिलो अध्यादेश ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?