राजधानी बाहिरिने सवारीको चाप बढ्यो

लोकपथ
203
Shares

काठमाडौं । नेपालीहरूको महान् चाड विजया दशमी नजिकिँदै गर्दा राजधानी बाहिरिने सवारी साधनको चापमा वृद्धि भएको छ ।

दसैँ मनाउन घर जानेहरुको संख्या बढेसँगै थानकोट, जडिबुटी, बल्खु, ककनी लगायतका नाकामा दिनानुदिन सवारी साधनको चाप बढ्दै गएको छ ।

असोज १ गतेदेखि दैनिक हजारौँ मानिसले राजधानी छाडेर दसैँ मनाउन गाउँघर तर्फ यात्रा सुरु गरेका छन् । नयाँ बसपार्क लगायत बस छुट्ने स्थानहरूमा यात्रुहरूको भीडभाड उच्च स्तरमा रहेको छ ।

काम र पढाइको सिलसिलामा राजधानीमा रहेका नेपालीहरू फूलपातीको दिनसम्म घर फर्किने क्रम जारी रहने अनुमान गरिएको छ ।

तर, यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला नगरेकाले कतिपय यात्रुहरूले सास्ती पनि भोग्नु परेको छ । यस वर्ष दसैँको टीका असोज १६ गते परेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?