राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिचको भेटघाट सकियो, के भयो कुराकानी ?

लोकपथ
1.6k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्की राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेकी थिइन् । भेटका क्रममा समसामयिक राजनीतिसहित अन्य विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसारराष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको हो ।

गत फागुन २७ गते प्रधानमन्त्री नियुक्त भएकी प्रधानमन्त्री कार्कीले भेटघाटलाई तीव्रता दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?