नेपाली कांग्रेसले लियो मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता 

लोकपथ
791
Shares

काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

जनकपुरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको छ । 

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेपनि पछि फेरेकाले कांग्रेसले समर्थन फिर्ता लिएको हो ।

जनमत पार्टी आफैले पनि सरकारमा रहेका आफ्ना मुख्यमन्त्रीसहित दुई मन्त्रीलाई फिर्ता र समर्थन फिर्ता लिएको पत्र मधेस प्रदेश सभामा भदौ ३१ गते नै बुझाइसकेको छ ।

तर मुख्यमन्त्री सिंह सदन फेस गर्ने अडानमा छन् । तर कांग्रेसले समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री सिंह अब दबाबमा परेका छन् । एमालेले भने यो विषयमा निर्णय लिएको छैन । 

‘कांग्रेसले जनमतको नेतृत्वमा सरकारलाई समर्थन दिएको थियो । जब जनमतले नै समर्थन फिर्ता लिइसकेपछि कुनै व्यक्तिलाई समर्थन दिइरहनुको औचित्य रहेन,’ कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले भने ।

चार दलीय गठबन्धनको सरकारलाई दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?