काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेकी छन् ।
प्रधानमन्त्री कार्की केहीबेरअघि राष्ट्रपति निवास पुगेको बताइएको छ । अहिलेसम्म उनीहरूबिच के विषयमा छलफल हुने हो भन्ने कुरा सार्वजनिक गरिएको छैन ।
‘प्रधानमन्त्रीज्यू भर्खरै राष्ट्रपतिज्यूलाई भेट्न शीतल निवास पुग्नुभयो,’ स्रोतले जानकारी दियो ।
शीतल निवासमा प्रधानमन्त्री र राष्ट्रपति बिचको भेटपछि देशका राजनीतिक र प्रशासनिक विषयमा सम्भावित छलफलका बारेमा थप विवरण आउन सक्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया