माओवादी केन्द्रको स्थायी समितिको बैठक आज, विशेष महाधिवेशन प्रस्तावमाथि छलफल

लोकपथ
231
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँंडामा बस्दैछ । बैठकमा पार्टीका पदाधिकारीले अघि सारेका प्रस्तावमाथि छलफल हुनेछ र त्यसलाई अनुमोदनका लागि तयारी गरिनेछ ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा उठाइएका प्रस्तावहरू स्थायी समितिबाट अनुमोदन भइसकेपछि केन्द्रीय समितिमा लैजाने तयारी हुनेछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए । यसैअनुसार महाधिवेशनको तयारीका लागि अहिलेका सबै संगठनहरू भंग गरी पार्टी कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रचण्डको प्रस्ताव पनि बैठकमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?