राष्ट्रपतिलाई युएई भ्रमणको निम्तो

काठमाडौँ, २१ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त अरब इमिरेट्स (युएई) को अवुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख मोहम्मद बिन जायद अल ताह्यानले युएई भ्रमणका लागि आमन्त्रण गरेका छन् नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले राष्ट्रपति भण्डारीलाई आज अपराह्न शीतल निवासमा शिष्टाचार भेट गरी युवराजको निमन्त्रणापत्र हस्तान्तरण गरे राष्ट्रपति कार्यालयका अनुसार शिष्टाचार भेटका अवसरमा नेपाल–युएई सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?