महावीर पुनले थाले नौलो अभ्यास, मन्त्रालयमै खाने बस्ने व्यवस्थापन

लोकपथ
1.7k
Shares

काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नौलो अभ्यास थालेका छन् । शिक्षामन्त्री पुन अब सिंहदरबारस्थित मन्त्रालयमा नै बस्नेछन् ।

यसअघिका मन्त्रीहरु मन्त्रीका लागि छुट्टयाइएको सरकारी निवासमा बस्ने गरेकोमा मन्त्री पुनले भने त्यसलाई तोडेका हुन् ।

सोमबार पदभार ग्रहण गर्दैगर्दा मन्त्री पुनले आफ्नो लागि मन्त्रालयमा नै खाने बस्ने व्यवस्था गर्न निर्देशन दिएका थिए । सोही अनुसार मंगलबार उनको लागि मन्त्रालयमा नै खाने बस्ने व्यवस्थापन गरिएको हो ।

राष्ट्रिय आविस्कार केन्द्रको सञ्चालक समेत रहेका पुनलाई एकाएक शिक्षा मन्त्री बन्ने अवसर प्रदान गरिएको थियो । लामो समयदेखि नेपालमा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका पुन वैज्ञानिक समेत हुन् ।

त्यसो त मन्त्री पुनले पदभार ग्रहण गर्दा कुनै पनि निर्णय गरेनन् । उनले आफूले विज्ञहरुसँग सल्लाह र छलफल गरी आगामी दिनमा काम अघि बढाउने बताएका थिए । आज मन्त्री पुनलाई मन्त्रालयमा कामबारे ब्रिफिङ गराइएको थियो । उनले तीन महिनाभित्र नतिजा नदिने विश्वविद्यालयको अनुदान रोक्न निर्देशन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?