काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने काममा युवाहरूले जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा संघ नेपालका पदाधिकारी तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरूले देशभक्तिको भावका साथ सुसंस्कृत र जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउनुपर्छ । असभ्य र गैरजिम्मेवार हुनु हुँदैन । देश र समाजप्रतिको कर्तव्य बुझेर काम गर्नुपर्छ । युवाहरू हावामा कुद्न हुँदैन ।’
जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ओलीले नेपाल र नेपालीप्रति माया गर्नेले त्यस्तो कार्य गर्न नसक्ने धारणा व्यक्त गरे ।
उनले थपे, ‘बादल लाग्यो भन्दै आकाश उघ्रँदैन भन्ने होइन । साँझ परेपछि सधैँ साँझ परिरहन्छ भन्ने होइन । बिहानी पनि आउँछ, उज्यालो हुन्छ। हामीले हरेस खानु हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया