काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैले भाग लिन सक्ने वातावरण बनाउने प्रतिबद्धता जनाएको छन् ।
मंगलबार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले भने, ‘फागुन २१ को शान्तिपूर्ण, स्वतन्त्र र धाँधलीरहित चुनाव सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व हो। निर्वाचन आयोगले जे आवश्यक परे, त्यसको व्यवस्था गर्न सरकारले ढिलाइ गर्ने छैन ।’
उनले जेनजी आन्दोलनका क्रममा भएका सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति भएको विषयमा छानबिन गरिने र जिम्मेवारमाथि कारबाही प्रक्रिया अघि बढाइने पनि बताए ।
सञ्चारमन्त्री खरेलले भने, ‘जेनजी आन्दोलनले उठाएको माग सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित छ । यी कुरा रातारात पूरा हुँदैनन्, तर जनताले महसुस गर्ने गरी काम अघि बढाइनेछ ।’
उनले थपे, ‘सरकारले सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने कार्यलाई प्राथमिकता दिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया