रास्वपाको प्रष्टीकरण : ‘जेनजी आन्दोलनमा सहभागी थियौँ, तर अगुवाइ हाम्रो होइन’

लोकपथ
1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीका सदस्यहरुको सहभागिता रहेको पुष्टि गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीको झण्डा बोकेर नभए पनि हाम्रो सदस्यहरू आन्दोलनमा सहभागी भएका थिए । सुमना श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य गणेश कार्की, कान्तिशिखा लगायतका सदस्यहरू आन्दोलनमा सक्रिय थिए ।’

प्रवक्ता झाले तुलनात्मक रुपमा जेनजी आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू सबैभन्दा बढी संख्यामा सहभागी भएको दाबी पनि गरे । उनले भने, ‘हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेनजी पुस्ताबाट हुनुहुन्छ । तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो भन्ने दाबी गरेका थिएनौँ ।’

उनी भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागिता स्वीकारे पनि, २४ गतेको घटनामा पार्टीको कुनै सहभागिता नभएको बताए । २४ गते भएको आगजानी र लुटपाट पार्टीको सिद्धान्त विरुद्ध रहेको उनले स्पष्ट पारेका छन् । साथै, उनले उक्त घटनाको छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?