नागढुंगा-मुग्लिन सडक १० घण्टापछि दुईतर्फी सञ्चालनमा

लोकपथ
462
Shares

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला बाँदरे मोडमा खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।

मंगलबार बिहान करिब ५:४० बजे खसेको ठुलो सुक्खा पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो । अवरोधका कारण यात्रुहरू दिनभर अलपत्र परेका थिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार झन्डै १० घण्टापछि पहिरो पन्छाएर सडक आवतजावतका लागि खुलाइएको हो ।

सडक अवरुद्ध भएपछि वैकल्पिक बाटो प्रयोग गर्न सडक विभागले काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनलाई अनुरोध गरेको थियो । ठुलो सुक्खा पहिरो भएकाले पन्छाउन धेरै समय लागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?