काठमाडौं । चर्चित नृत्यंगना सीता सुवेदीको (आज) मंगलबार बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित सुवेदीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
चितवन मेघौलीमा जन्मिएकी सुवेदी एक खुट्टाले नाचेर छुट्टै पहिचान बनाउन सफल भएकी थिइन् । नृत्यलाई जीवनको अभिन्न हिस्सा मानेकी उनले १२ वर्षको उमेरमै क्यान्सरका कारण एक खुट्टा काट्नु परेको थियो । कठिन परिस्थितिसँग जुध्दै उनले नृत्यमै आफ्नो पहिचान बनाउन सफल भएकी थिइन् ।
तीन महिनादेखि फोक्सोको क्यान्सरले थला परेकी सुवेदी पछिल्लो समय अस्पतालमै उपचाररत थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया