सिराहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या, अपहरणकारीले उनकै मोबाइलबाट फिरौती रकम मागेका थिए

लोकपथ
1.8k
Shares

काठमाडौं । सिराहामा अपहरणमा परेका १५ वर्षीय एक बालकको हत्या भएको छ । सिराहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका सञ्जय सिंहका छोरा अभिषेक सिंहको हत्या भएको हो । 

गत आइतबार राति ८ बजेदेखि बेपत्ता भएका उनको शव आज बिहान घरभन्दा केही पर आँप बगैँचामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार, हिजो सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट उनको आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको पनि उनले बताए । 

उनले घटनाको अनुसन्धान थालिएको र डग टोली बोलाउने तयारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?