स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका नमोबुद्धका पूर्वमेयर तिमल्सिनाको निधन

लोकपथ
840
Shares

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको निधन भएको छ ।

६७ वर्षीय तिमल्सिनाको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिएका छन् ।

गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार रहँदा उनी सडक दुर्घटनामा परेका थिए । गम्भीर घाइते तिमल्सिना त्यसयता धुलिखेल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा उपचाररत थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तिमल्सिना नमोबुद्ध नगरप्रमुखमा निर्वाचित भएका थिए । उनका श्रीमती र दुई छोरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?