काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । बैठकको सुरुवात जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर गरिएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्था र बैठकसम्बन्धी समीक्षा, प्रदेशस्तरीय बैठकहरूबाट प्राप्त विवरण, परिवर्तित परिस्थितिमा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन र विभागीय संरचना, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनीति तथा पार्टीको ऐतिहासिक महाधिवेशनसम्बन्धी विषयमा छलफल हुने तय गरिएको छ ।
त्यससँगै अन्य विविध विषयमा समेत छलफल हुनेछ। बैठकपछि आज अपराह्न १ बजे पत्रकारहरूसँग अन्तर्क्रिया हुने र बैठक सकिएलगत्तै ४ बजे पुनः पत्रकार सम्मेलनमार्फत जानकारी दिने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया