रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका विषय

लोकपथ
861
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक (आज) मंगलबार बस्ने भएको छ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा भएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनको रणनीति, र पार्टीको ऐतिहासिक महाधिवेशनको तयारीबारे छलफल हुने भएको छ।

पार्टी स्रोतका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गरिनुका साथै सातै प्रदेशबाट प्राप्त विवरणहरू प्रदेश सभापतिहरूले प्रस्तुत गर्नेछन् ।

साथै समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, विभागीय संरचना, र प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित रणनीति मुख्य छलफलको विषय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?