काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै स्थानीय वायुको आंशिक प्रभाव पनि देखिएको छ, जसको कारण देशका पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेको छ ।
महाशाखाका अनुसार मंगलबार कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । मौसमको यो अवस्थाका कारण कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा तथा मधेस प्रदेशसहित अन्य तराई भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यसैगरी, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज राति पनि देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी स्थानहरूमा आंशिक बदलीको सम्भावना रहेको छ । रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र तराईका एक/दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया