बिमलेन्द्रसँग किन चुनावी मैदानमा खडा भए राजेन्द्र ?

धनुषा, २१ कात्तिक – राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विगतमा जस्तो मधेशी जनताको मतको दुरुपयोग रोक्न आफू धनुषा क्षेत्र नं ३ बाट चुनाव लडेको बताएका छन् आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मधेशीको मत लिएर मधेशीकै अधिकार खोस्ने नेतामाथि प्रहार गर्नका लागि आफू यस क्षेत्रबाट चुनाव लडेको स्पष्ट पारे नेता महतोले भने, “मधेशको भोट लिएर मधेशीलाई नै समाप्त गर्ने नेताहरुले विगतमा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए, यसपटक त्यसलाई तोड्नका लागि म उम्मेदवार बनेको हुँ ।”यसपटक मधेसी जनताले मधेसको स्वाभिमान, समान र हकअधिकार स्थापनाका लागि आन्दोलन गर्ने राजपाको पक्षमा मतदान गर्ने बताउँदै “लोकतान्त्रिक गठबन्धन बन्न नसक्नुमा काँग्रेसी नेताको दोष छ,” भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?