काठमाडौं । बालयौन दुराचार र जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका दुई फरार विदेशी नागरिक पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अन्य कैदीहरु जेल तोडेर भाग्ने क्रममा कैद सजाय भोगिरहेका दुई अमेरिकी नागरिक समेत फरार भएका थिए ।
पक्राउ पर्ने क्रममा माइकल नोरम्यान टायलोर र जन्सन ल्लोड मोडाइ रहेका छन् ।
माइकल जिल्ला अदालत कास्कीको आदेश अनुसार बाल यौन दुराचार मुद्दामा सजाय काटिरहेका थिए भने जन्सन जिल्ला अदालत काठमाडौंको आदेश अनुसार जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका थिए ।
जेनजी आन्दोलन उग्र बन्दा उनीहरु आ–आफ्नै कारागारबाट फरार रहेका थिए ।
उनीहरुलाई सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा बुझाउने काम भइरहेको ब्यूरोका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट साढे १४ हजार कैदीबन्दी जेलबाट फरार भएका छन् । त्यसमध्ये ठूलो संख्यामा अझै फरार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया