सञ्चारमन्त्रीको पहिलो निर्णय- ‘५ महिनाभित्र प्रमुख १० शहरमा नि:शुल्क इन्टरनेट’

लोकपथ
9.4k
Shares

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी ५ महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।

आज सिंहदरबारमा पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा मन्त्री खरेलले सो घोषणा गरेका हुन् ।

जिम्मेवारी सम्हाल्दै मन्त्री खरेलले कर्मचारीले तयार पारेको प्रस्तावमा केही संशोधन गराई उक्त निर्णय गरेको बताएका छन् ।

उनका अनुसार काठमाडौं बाहेकका प्रमुख शहरका पार्क, चोक र सार्वजनिक स्थलमा प्रारम्भिक चरणमै इन्टरनेट सेवा विस्तार गरिने छ ।

त्यस्तै उनले आफूसँग आम जनताको ठूलो अपेक्षा गरेको बताउँदै ६ महिनाको कार्यकालमा मुलुक कायापलट नै नहुने तर त्यसको आधारशीला तयार गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?