‘मन्त्रीज्यू शिक्षा ऐनचाँही के हुन्छ अब ?, महावीरको उत्तर–‘त्यो थाहा छैन’

लोकपथ
9.3k
Shares

काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पदभार ग्रहण गरेसँगै सिंहदरबार पुगेर नवनियुक्त मन्त्री पुनले पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार ग्रहण गर्दै आफूले विज्ञहरुसँग सल्लाह गरेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

साथै शिक्षा ऐनको विषयमा आफूले अहिले नै केही नबोल्ने विज्ञहरुको टिम बनाएर सोही अनुसार काम गर्ने प्रतिक्रिया दिए ।

मन्त्रीज्यू शिक्षा ऐनचाँही के हुन्छ अब ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने ‘त्यो थाहा छैन, म विज्ञहरुको टोली बनाउँछु । विज्ञहरुको टोलीले जस्तो जस्तो सल्लाह सुझाव दिनुहुन्छ त्यही अनुसार अघि बढ्छु ।’

साथै आफूले कुनै पनि कुरा आफ्नो कुराको दाबी नगर्ने बताए । विज्ञहरुको सुझाव अनुसार आफू अघि बढ्ने बताए ।

राष्ट्रिय आविस्कार केन्द्र सञ्चालन गरेर लामो समयदेखि नेपालमा नवप्रवर्द्धनको क्षेत्रमा काम गरिरहेका थिए । विज्ञान र प्रविधिको क्षेत्रमा देशलाई समृद्ध बनाउन लागेका पुनलाई सोही अनुसारको मन्त्रालयको जिम्मेवारी दिइएको हो । पदभार ग्रहण गर्दैगर्दा उनीमाथि निशुल्क शिक्षा हुन्छ या हुँदैन ? भन्ने थियो । तर उनले भने आफूले भन्दैमा शिक्षा निशुल्क गर्न नसक्ने बताए । देशलाई समृद्ध बनाएपछि नेपालीहरु आफैँले निशुल्क शिक्षा पाउने उनको धारणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?