काठमाडौं । हिन्दूहरूको महान पर्व दसैँ सुरु भएसँगै मुलुकभरका बजारहरूमा चहलपहल बढेको छ ।

विशेषगरी काठमाडौं उपत्यकाभित्रका प्रमुख बजार क्षेत्रहरू जस्तै न्यूरोड, असन, इन्द्रचोक, लगनखेल, मंगलबजार लगायतका स्थानहरूमा दसैँको किनमेल गर्नेहरूको भिड दिनप्रतिदिन बाक्लिँदै गएको छ ।

दसैँलाई लक्षित गरेर उपत्यकाभित्रका सडक र बजार क्षेत्रहरू मानिसले खचाखच भरिएका छन् । न्यूरोड, असन, इन्द्रचोक, मखनजस्ता स्थानमा त पाइला राख्ने ठाउँसमेत नहुने गरी भिडभाड देखिन्छ ।

खाद्यान्न, लत्ता कपडा, गहना, मसलाजस्ता सामग्री खरिद गर्नका लागि आएका मानिसहरुको भिड असन, इन्द्रचोकमा देख्न सकिन्छ ।

असन र इन्द्रचोकजस्ता पुराना बजार क्षेत्रमा त बिहानदेखि साँझसम्म किनमेल गर्नेहरूको बाक्लो उपस्थितिका कारण सडकमा हिँड्नसमेत मुस्किल हुने अवस्था सिर्जना भएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया