काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रिहरुको शपथग्रहणको समय सरेको छ ।
आज दिउँसो २ बजेका लागि शपथग्रहणको समय तोकिएको थियो । तर आन्तरिक कारणले एक घण्टा सारेर मन्त्रीहरुको शपथ ३ बजेका हुने भएको हो ।
प्रधानमन्त्री कार्कीले मन्त्रीका लागि ५ जनाको नाम अघि सारेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।
सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय, खरेललाई सञ्चार मन्त्रालय, महावीर पुनलाई शिक्षा र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ ।
तर स्वास्थ्यमन्त्रीको रुपमा सिफारिस भएकी मिश्राको पृष्ठभूमी विवादित देखिएको भन्दै उनलाई होल्ड गर्न सक्ने बुझिएको छ ।
भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले भदौ २९ गते ३ मन्त्री नियुक्त गरेकी थिइन् । थप ४ जना मन्त्रिमण्डलमा थपिने भएसँगै कार्की नेतृत्वको मन्त्रिमण्डल ८ सदस्यीय हुनेछ ।
नवनियुक्त मन्त्रीहरुको शपथ शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा एक समारोहकाबिच हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया