युनिटी कप टी-२० खेल्न नेपाली क्रिकेट टोली आज यूएई जाँदै

लोकपथ
133
Shares

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएको छ । प्रवेशाज्ञा पाएसँगै नेपाली टोली त्यसतर्फ जान लागेको हो ।  

जेनजी प्रदर्शनका कारण यूएईले नेपालीलाई पर्यटक भिसा र श्रम  भिसामा रोक लगाएको थियो । रोक लगाएपछि नेपाली क्रिकेट टोली यूएई जान सकेको थिएन । नेपाल क्रिकेट संघ (क्यान) को आग्रहपछि मात्र यूएईले नेपाली टोलीलाई आइतबार प्रवेशाज्ञा दिएको थियो । 

क्यानका प्रवक्ता छुम्बी लामाले नेपाली टोली  मंगलबारसम्म यूएई पुगिसक्ने जानकारी दिए । नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध यही असोस ११, १३ र १४ गते यूएईस्थित शारजाह क्रिकेट रंगशालामा खेल खेल्ने तय भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?