मुग्लिन-नारायणगढ सडक आज दिउँसो दुई घण्टाका लागि बन्द हुने

लोकपथ
343
Shares

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो फेरि दुई घण्टाका लागि आवागमन रोकिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो पूर्णरूपमा हटाउन सडक बन्द गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरी पहिरो हटाउन लागिएको हो ।

 शुक्रबार ठूलो पहिरो खस्दा सडक करिब ४० घण्टासम्म अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए । आइतबार साँझ करिब साढे ४ बजेदेखि मात्र एकतर्फी आवागमन सुरु गरिएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?