काठमाडौं । स्वास्थ्य मन्त्रीमा सिफारिस डा. संगीता कौशल मिश्राविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा छानबिन गरिरहेको थाहा पाएसँगै प्रधानमन्त्री सुशीला कार्कीले सूचीबाट उनको नाम काटेकी छिन् ।
प्रधानमन्त्री कार्कीले आइतबार उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री सिफारिस गर्दै उनको नामसहित पाँच जनाको नाम मन्त्रीका लागि राष्ट्रपति कार्यालयसमक्ष पठाएकी थिइन् । तर अख्तियारले उनीविरूद्धको अनुसन्धान सकिन लागेको र केही समयमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएसँगै प्रधानमन्त्री कार्कीले आज उनको नाम हटाएर फेरि चार जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी छिन् ।
प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियारको नाम हिजो आइतबार राष्ट्रपति कार्यालयमा पठाएकी थिइन् । आज पठाइएको नामबाट भने मिश्राको नाम हटाइएको छ ।
उता, मन्त्रीहरूको शपथ ग्रहण दिउँसो २ बजे गर्ने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया