हनुमानढोका दसैँघरमा विधिवत रूपमा राखियो जमरा

लोकपथ
245
Shares

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैँघरमा आज विधिवत रुपमा जमरा राखिएको छ । सोमबारबाट विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो ।

हनुमान ढोकास्थित दसैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ९ः१३ बजे जमरा राखिएको छ । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ ।दसैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ ।

सोमबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैँघरमा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ ।

नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक  पूजाअर्चना गरिन्छ ।

नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?