राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की

लोकपथ
3.2k
Shares

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।

विभागका प्रमुख हुतराज थापा भदौ २९ मा अवकाश भएपछि उक्त पद रिक्त थियो ।

केपी ओली नेतृत्वको सरकारको वहिर्गमन र नयाँ सरकार गठनमा भएको बिलम्बका कारण विभागको प्रमुख नियुक्तिमा ढिलाई भएको हो ।

विभाग नेपाल सरकारको एकमात्र गुप्तचर निकाय हो । उक्त विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत छ । गुप्तचरी सूचनाको संकलन र विश्लेषणमा गम्भीर त्रुटी हुँदा भदौ २३ र २४ को जेनजी आन्दोलनले भयावह रुप लिएको चर्चा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?